कृषि विकास बैंकको ऋणपत्र सूचिकरण सम्बन्धी सम्झौता


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कृषि विकास बैंकको ऋणपत्र सूचिकरण सम्बन्धी सम्झौता

काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र सूचिकरणका नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)सँग सम्झौता भएको छ । बिहीबार उक्त सूचिकरणसम्बन्धीको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका थिए । 

 “वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋण पत्र जारी गर्नुपर्ने व्यवस्था अनुरुप नै बैंकले ऋणपत्र जारी गरेको बैंकले जनाएको छ । 

कृषि विकास बैंक लि.को १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन (डिबेञ्चर) १०.३५ प्रतिशत व्याजदर रहेको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३”, को सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक लि. र नेपाल स्टक एक्सचेन्ज लि.विच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता सम्पन्न जनाएको छ ।  

Read More
  • MBL