‘आन्तरिक ऋण व्यवस्थापनमा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत स्पष्ट पार्नुपर्छ’


  • KBL News Ad
  • ADBL
  • City Express
‘आन्तरिक ऋण व्यवस्थापनमा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत स्पष्ट पार्नुपर्छ’

अष्ट्रेलिया । मौद्रिक नीति भनेको वित्त नीतिको एउटा पूरक नीतिमात्र हो । वित्त नीतिले निर्धारण गरेको सीमाभित्र रहेर मात्रै मौद्रिक नीतिले आफूलाई प्रस्तुत गर्न सक्छ । यसको आशय के हो भने वित्त नीतिले प्रष्ट्याएको वा लक्षित गरेको मार्ग निर्देशन बाहेक बाहिर निस्किएर केहि गर्ने सम्भावना हुँदैन । यसर्थ, नेपालमा अहिले आउने मौद्रिक नीतिले अर्थतन्त्रलाई जोगाउन विशेष भूमिका खेल्न सक्दैन । तर, एउटा पाटोबाट हेर्दा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । 

यी हुन् महत्वपूर्ण भूमिका

मौद्रिक नीतिमार्फत अर्थतन्त्रमा मुद्रा आपूर्तिमार्फत लगानीका विविध विषयलाई सम्बोधन गर्ने गरिन्छ । सामान्य अवस्थामा नियन्त्रित हुने मुद्राआपूर्ति अहिलेको समयमा खुुकुलो बनाउन जरुरी देखिन्छ । यसको लागि राष्ट्र बैंकले विभिन्न दरहरूलाई सरलीकरण गर्दै बढ्दा राम्रो हुन्छ । 
कोरोना भाइरसका पछाडी विश्वका अधिकांश देशहरूले आफ्नो नीतिगत दरलाई घटाउँदै लगेको पाइन्छ । जसको परिणम सम्भावित लगानीको अवसरलाई विस्तार गर्न सकिन्छ भन्नु हो । नेपालमा अब तत्काल देखिने लगानीको क्षेत्र सुधारिदै गएको अवस्थामा राष्ट्र बैंकहरूले केहि सहजीकरणको भूमिका प्रस्तुतगर्न जरुरी छ । 

Read More
  • EBL Ad news