'अब बैंकले दिने ब्याजदरमा क्याप लगाउँदैनौं'


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
'अब बैंकले दिने ब्याजदरमा क्याप लगाउँदैनौं'

बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरुलाई लकडाउनले ठूलो असर पार्यो। यहीबीचमा बैंकहरुले ऋण तिर्न ताकेता गरिरहेको कतिपय ऋणीको गुनासो छ। बैंकहरुलाई पनि कतिपय ऋण नउठ्ला कि भन्ने चिन्ता छ। यीनै सम्वन्धमा सेतोपाटीका कमल नेपालले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जवरासँग गरेको कुराकानीः

कोरोनाभाइरसपछिको लकडाउनले कस्ता कस्ता ऋणीलाई असर परेको पाउनुभएको छ?
हिमालयन बैंकको पोर्टफोलियोको एउटा अध्ययन गरेका छौं। सेक्टरअनुसार हाइ रिस्क, मिडिल रिस्क र लोअर रिस्क भनेर वर्गीकरण गरेका छौं।

हाम्रो टुरिजम क्षेत्रमा त्यस्तो ठूलो पोर्टफोलियो छैन। २ वटा फाइभस्टार होटल छन्। हामीसँग ऋण लगेका ४-५ वटा होटलहरु मध्यमस्तरका छन्। अरु स–साना होटलहरुलाई दिएका छौं।

त्यसमा पनि असर त परेको नै छ। यो क्षेत्रलाई राष्ट्र बैंकले कस्तो राहत व्यवस्था गर्छ भन्ने कुरा आगामी मौद्रिक नीतिले तय होला।

अहिलेसम्म राष्ट्र बैंकको जुन निर्देशन छ त्यही फलो गरेर हामी अगाडि बढेका छौँ। मौद्रिक नीतिले जस्तो दिशानिर्देश गर्छ, त्योअनुसार हामीले ऋणको व्यवस्थापन गर्ने हो।

मलाइ लाग्छ राष्ट्र बैंकले पर्यटन र सम्बद्ध क्षेत्रलाई राहत हुनेगरी केही व्यवस्था गर्नेछ। मलाई लाग्छ ती क्षेत्रहरुमा गएको ऋणको प्रोभिजनिङ पनि हलुका बनाउनेछ।

असार मसान्तमा ऋणीले तिर्ने किस्ताको व्याजमा राष्ट्र बैंकले दुई प्रतिशत छुट दिन भनेको छ, ऋणीले त्यो सुविधा पाउँछन् ?
खासमा राहत निजी क्षेत्रले दिने होइन, सरकारले दिनुपर्ने हो। यहाँ त निजी क्षेत्रले नै दिनुपर्ने जस्तो सोच पनि पाइन्छ।

अब राष्ट्र बैंकले भनिसकेपछि हामीले ऋणीलाई यो सुविधा दिनैपर्यो। हामीले दिनेगरी हिसाव गरिसक्यौं। यसले हिमालयन बैंकलाई मात्रै ४७ करोड रुपैयाँको असर पार्नेछ। यो पैसा त सेयर होल्डरको पैसा हो। हाम्रोभन्दा ठूलो पोर्टफोलियो हुने बैंकलाई अझ धेरै असर पर्नेछ।

राहत कस्ता कस्ता व्यवसायीले पाउनु पर्ने हो, कस्ताले पाउन नहुने हो भन्ने विषयमा स्पष्ट हुनुपर्छ। व्याज छुट देउ भनेर मात्रै हुँदैन। वास्तवमा राहत पाउनुपर्नेले मात्रै लिनुपर्छ, भन्ने मात्रै हाम्रो सुझाव हो।

मेलम्चीको सुरुङ निर्माणका क्रममा हिमालयन बैंकले चाइना रेल्वे कम्पनीलाई गरेको काउन्टर ग्यारेन्टीवापतको रकम उठ्ला? ...

Read More
  • MBL - below news
  • EBL Ad news