नेपाल व्यवस्थापन संघले आर्थिक वर्ष २०७७-०७८ को नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यमा सहयोग पु-याउने उद्देश्यले अनलाइनमार्फत आयोजित मौद्रिक नीति छलफल कार्यक्रमको प्रतिवेदन गभर्नर महमाप्रसाद अधिकारीलाई हस्तान्तरण गरेको छ ।
नेपाल व्यवस्थापन संघले मौद्रिक नीतिमा छलफल गर्न अनलाइन मार्फत नै असार ५ गते नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको प्रमुख आतिथ्यतामा निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधि, प्रशासक, वित्त विज्ञ र सरोकारवालासँग छलफल गरेको थियो ।
नेपाल राष्ट्र बैंकका पूर्र्वकार्यकारी निर्देशक नरबहादुर थापाको कार्यपत्रमा आधारित विषयगत छलफल र निजी क्षेत्र र विज्ञहरुका सुझावलाई समेटर तयार पारिएको प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरिएको व्यवस्थापन संघका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।