बीमाको दायरा फराकिलो बनाउने गरी वार्षिक कार्ययोजना बनाउँदै बीमा समिति


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमाको दायरा फराकिलो बनाउने गरी वार्षिक कार्ययोजना बनाउँदै बीमा समिति

बीमा समिति वाषिर्क कार्ययोजना बनाउने तयारीमा जुटेको छ । चालू आर्थिक वर्ष सकिन लागेपछि समितिले आगामी आर्थिक वर्षको कार्ययोजना बनाउन तयारीमा जुटेको हो ।

 

बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलेले आगामी आर्थिक वर्षको बजेटले अघि सारेका योजनाहरु कार्यन्वयन गर्ने गरी कार्ययोजनाहरु तयार भइरहेको मेरो लगानीलाई जानकारी गराए । उनले भने, ‘बजेटमा समेटिएका विषयहरु संबोधन गर्ने गरी कार्ययोजना बन्दैछ । यस्तै हाम्रो नियमित योजनाहरु पनि छन् । बीमालाई कसरी सर्वसुलभ तथा प्रभावकारी बनाउने र दायरालाई कसरी विस्तार गर्ने योजना सहित कार्ययोजना तयार हुँदैछ ।’

आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लघु र कृषि बीमालाई बिशेष जोड दिएका थिए । सरकारले बजेट मार्फत आगामी आर्थिक वर्षमा घुम्ती बीमा अभियान सञ्चालन गरी लघु र कृषि बीमा मार्फत बीमाको पहुँच विस्तार गर्ने घोषणा गरेको छ ।

यस्तै आगामी आर्थिक वर्ष बजेटमार्फत लघुबीमालाई मूल्य अभिबृद्धि कर (भ्याट) रहित बनाउने पनि जनाएको छ ।

बजेटले बाली बीमाको बीमाशुल्क पनि बाली पाकेपछि मात्रै भुक्तानी गर्ने व्यवस्था गरेको छ । किसानलाई बाली बीमा थप सुविधा प्रदान गरेपछि कृषि बीमाको पहुँच विस्तार हुने सरकारको अपेक्षा छ ।

यस्तै हाल २७ प्रतिशत (म्यादी बीमा सहित) रहेको बीमाको पहुँच कुल जनसंख्याको ४० प्रतिशतमा पुर्याउने सरकारले घोषणा गरेको छ । त्यस अनुसार समितिले बीमाको दायरा विस्तार गर्न कार्ययोजना तयार गरिरहेकाे कार्यकारी निर्देशक पौडेलले जानकारी गराए ।

Read More
  • MBL - below news