श्वेता श्री फाउन्डेशनलाई सन्राइज बैंकको ५ लाख सहयोग


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
श्वेता श्री फाउन्डेशनलाई सन्राइज बैंकको ५ लाख सहयोग

आषाढ १९, सन्राइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउन्डेशन (एसएसएफ) लाई रु. ५ लाख सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउंडेशनलाई सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले श्वेता श्री फाउंडेशनलाई चेक हस्तान्तरण गर्नु भएको हो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९ को कठिन घडिमा पनि यस्ता कार्य जारी राखेको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताउनु भयो । यस्तै नायिका श्वेता खड्काले फाउन्डेशनलाई विश्वास गरेकोमा सन्राइज बैंक प्रति कृतज्ञता जनाउनुभयो । सो फाउंडेशनले स्वर्गिय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ । 

Read More
  • MBL - below news