नेपाल बङ्गलादेश बैंकको ९६औं शाखा काँडाघारीमा विस्तार


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल बङ्गलादेश बैंकको ९६औं शाखा काँडाघारीमा विस्तार

काठमाडौं– नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा आफ्नो ९६औं शाखा काठमाडौं जिल्लाको काँडाघारीमा संचालनमा ल्याएको छ । 

यस बैंकले २०७७, आषाढ १५ गतेबाट काठमाडौं जिल्लाको काँडाघारीमा शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरेको हो । उक्त शाखाको औपचारिक उद्घाटन बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले गरे ।

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन । 

Read More
  • MBL