मुक्तिनाथ विकास बैंकको सामाजिक कार्य : विभिन्न संघसंस्थालाई आर्थिक सहयोग


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मुक्तिनाथ विकास बैंकको सामाजिक कार्य : विभिन्न संघसंस्थालाई आर्थिक सहयोग

काठमाडौं– मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरुका संघसस्थाहरुलाई सहयोग गरेको छ । बैंकको शाखा कार्यालय जनकपुरले चिकित्सक संघ, जनकपुरलाई स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री खरिद गर्नका लागि रु. ५०,००० आर्थिक सहयोग गरेको छ । 

स्वास्थ्यकर्मीहरु कोरोनाभाइरस संक्रमितहरुसँग प्रत्यक्ष सम्पर्कमा रहँदा कोरोनाभाइरस संक्रमणको उच्च जोखिम हुने भएकोले स्वास्थ्य सामग्री खरिद गर्न उक्त रकम हस्तान्तरण गरिएको हो ।

यसका साथै, शाखा कार्यालय बुटवलले, सियारी गाँउपालिका वडा नं ६, बर्दहवा बुटवलमा रहेको दुर्गा देवी आधारभूत विद्यालयमा अध्यनरत जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरुलाई रु ५०,००० बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । त्यसैगरी, शाखा कार्यालय रामापुर कोलोनीले, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई टोल सफा राख्नका लागि डस्टवीन हस्तान्तरण गरेको छ ।

Read More
  • MBL