अब सफा नोटको प्याकेटमा हरियो, सेतो र रातो स्लिप


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
अब सफा नोटको प्याकेटमा हरियो, सेतो र रातो स्लिप

काठमाडौं । नेपाल राष्ट्र बैंकले सफा नोटको प्रयोगलाई बढवा दिन नोटको प्याकेटमा हरियो,  सेतो र रातो स्लिप लगाउने भएको छ । बैंकले एटीएममा राख्न मिल्ने नोटको प्याकेटमा हरियो स्लिप र काउण्टरबाट भुक्तान गरी चलनचल्तीमा पठाउन मिल्ने नोटको प्याकेटमा सेतो र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रंगको स्लिप लगाउने नयाँ व्यवस्था राष्ट्र बैंकले गरेको हो । अहिले सबै प्रकारका नोटमा सेतो स्लिप लगाइने प्रचलन गरेको छ । 

राष्ट्र बैंकले बजारमा नोट पठाउँदा नोटको प्याकेटमा स्टिच गर्नु हुँदैन। यसको अलवा नोटलाई बलियो गरि प्याकेटिङ गर्न आवश्यकता अनुसार रबर/प्लाष्टिक/पेपर बैण्ड प्रयोग गर्न सकिने विकल्प राष्ट्र बैंकले दिएको छ । साथै, नोटमा लेख्न, केरमेर गर्न नपाउँने व्यवस्था गर्दै नोटको हिफाजन गर्न राष्ट्र बैंकले निर्देशन गरेको छ ।

राष्ट्र बैंक झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको , छपाइ बिग्रेको नोटलाई बजारमा चलनचल्तीका लागि नपठाउने बताएको छ । बैंकले बजारमा पुनः पठाउन मिल्ने नमिल्ने नोटको वर्गीकरण गरी अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा बिग्रने गरी लेखिएको/मेटिएको/च्यातिएको वा पूर्वराजाको तस्वीर अंकित नोटलाई चलनचल्तीमा नपठाउने भएको हो ।

Read More
  • MBL