मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा र फिर्ता


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा र फिर्ता

 मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिनुभएको बिष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

बैंकले निजले लिएको बिनाधितो कर्जाको भुक्तान गर्न बाँकी रकम रु.२२,४९९।०० मिनाह गरेको छ । साथै निजले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज रु.२०३,४८३।०० र काजक्रिया खर्च बापतको रकम रु.५,०००।०० समेत गरी जम्मा रु.२,०८,४८३।०० (अक्षरुपी दुई लाख आठ हजार चार सय त्रियासी रुपैंया मात्र ) बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख सन्तोष तिवारी र साना तथा लघुबैंकिङ्ग डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई श्रीमान् बाबुराम दर्जीको रोहोबरमा संयुक्त रुपमा हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताउनु भयो ।

बैंकले समुहमा आवद्ध र बिनाधितो कर्जा उपभोग गरेका सदस्यको मृत्युभएमा बाँकी कर्जा र ब्याज मिनाह गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुको साथै काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आईरहेको छ ।

Read More
  • MBL