हिमालयन क्यापिटलको अनलाईन सेवा योजना


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन क्यापिटलको अनलाईन सेवा योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डको २०७७ साल बैशाख २६ गतेको निर्देशानुसार २०७७ श्रावण देखि अनिवार्य रुपमा विधुतीय माध्यमबाट मात्र शेयर कारोबार गर्नुपर्ने तथा हालको अकल्पनीय विश्वव्यापी महामारीका रुपमा फैलिईरहेको नोभल कोरोनाका कारणले घरबाट बाहिर निस्कने असहज परिस्थितीलाई ध्यानमा राख्दै आएका छन् । 

 हिमालयन क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज लगानी तथा शेयरकारोबार गर्न अनलाईन मार्फत डिम्याट र मेरोशेयर खाता खोल्ने व्यवस्था मिलाएको छ (शेयरको दोस्रो बजारमा कारोबार गर्नु अघि भौतिक रूपले कार्यालयमा उपस्थित हुने शर्तमा) साथै २०७७ असार मसान्तसम्म उल्लेखित खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन ।

हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै विश्वासका साथ गुणस्तरिय सेवा मार्फत आफ्ना ग्राहक तथा लगानीकर्ताहरुलाई पुंजी बजारमा सवल तथा सुसुचित भई सहज लगानी तथा शेयर कारोबार गर्न प्रोत्साहन गर्दै आईरहेको छ । 

..

Read More
  • MBL - below news
  • EBL Ad news