काठमाडौं । राष्ट्र बैंकले ५ जना कार्यकारी निर्देशकहरुको सरुवा गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले विशिष्ट तहका ती कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै जिम्मेवारी हेरफेर गरेका हुन् । यसरी जिम्मेवारी हेरफेरमा पर्ने कार्यकारी निर्देशकहरुमा भुवन कँडेल, पिताम्बर भण्डारी, रेवती नेपाल, रामु पौडेल, र विश्रुत थापा छन् ।
राष्ट्र बैंकका अनुसार यसअघि राष्ट्र बैंकको आन्तरिक लेखापरीक्षण विभागमा रहेका भुवन कँडेल भुक्तानी प्रणाली विभागमा सरुवा भएका छन् । भुक्तानी प्रणाली विभागमा रहेका रेवती नेपाललाई भुक्तानी मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।
त्यस्तै, केही समय अघि मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका विश्रुत थापालाई आन्तरिक लेखापरीक्षण विभागमा पठाइएको छ । उनी यसअघि मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए ।
...