सहयोगीद्वारा सिटिजन्समा गाभिने प्रस्ताव पारित , स्वाप कति ?


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सहयोगीद्वारा सिटिजन्समा गाभिने प्रस्ताव पारित , स्वाप कति ?

सहयोगी विकास बैंकको बार्षिक साधारण सभाबाट सिटिजन्स बैंक इन्टरनेशनलसंग विलयहुने प्रस्ताव पारित भएको छ । साधारणसभाले १०० कित्ता शेयर बराबर सिटिजन्सको ९१.७५ कित्ता हुनेगरी विलय प्रस्ताव पारित गरेको हो । 

त्यस्तै उक्त सभाले सहयोगीलाई सिटिजन्सले प्राप्ति गर्ने सम्बन्धमा भएका सहमतीपत्र, संयुक्त मर्जर समितिको निर्णयहरु, अन्तिम सम्झौताहरु, डीडीएको नियुक्ती तथा पारिश्रमिक सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ । यस्तै सहयोगीको तर्फबाट सिटिजन्समा विलय गर्ने सम्बन्धमा नियमनकारी निकायहरुमा गर्नु पर्ने बिबिध कार्यहरु गर्न गराउन, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यकता अनुसार फेरबदल गर्न र बैंकको हालको संचालक समितिलाई सम्पुर्ण अख्तियारी दिने प्रस्तुत प्रस्ताव समेत उक्त सभाले सर्वसम्मतीले पारित गरेको छ ।

  सहयोगीको साधारणले १८.७२१५ प्रतिशत नगद लांभाश दिने प्रस्ताव पनि पारित गरेको छ । सहयोगीलाई प्राप्ति गर्न सिटिजन्सले यहि २०७७ साल जेष्ठ २७ गते विशेष साधारण सभा आह्वान गरेको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad