काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले असार १२ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले १५% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, साविकको पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई गाभ्नुपुर्वको सेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५७.२२% र सर्वसाधारण समूहको ४२.७८% हिस्सा बनाउने एजेन्डा पनि छ । साधारण सभा एसियन भिलेज रिसोर्ट प्रालि, इट्टाभट्टी बुटवल रुपन्देहीमा बिहान ११.३० बजे सुरु हुनेछ ।
अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ । जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र संसोधन गर्ने एजेन्डा पनि छ ।








