पुल्चोकस्थित श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ऋण लिएका सदस्यलाई सुविधा दिने भएको छ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण माहामारीको रुपमा फैलिरहेको अवस्थामा तत्काल राहत उपलब्ध गराउन ऋण लिएका सदस्यलाइ यस्तो सुविधा दिने भएको हो।
संस्थाले असार मशान्तसम्म सो सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ऋण लिएका सदस्यलाई व्यवहारिक रुपमा ब्याज तिर्न सहज हुन सकोस भन्ने उद्देश्यले सुविधा दिएको बताए।
संस्थाले भुक्तानी गर्न बाँकी ब्याज रकममा सम्पूर्ण ब्याज चुक्ता गरेमा जम्मा ब्याजको ५ प्रतिशत छुट दिने, ५० प्रतिशत भन्दा बढी ब्याज चुक्ता गरेमा ३ प्रतिशत छुट दिने व्यवस्था गरेको छ।
भुक्तानी गर्न बाँकी हर्जना रकममा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ।
कोरोना भाइरसले पारेको असरलाई मध्य नजर गर्दै संस्थाले ऋण लिने सदस्यलाई छुटको व्यवस्था गरेको हो। ...se