प्राइम लाइफ इन्सुरेन्सले बढायो नाफा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइम लाइफ इन्सुरेन्सले बढायो नाफा

काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १८ करोड ३० लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ११.८५% ले बढी हो । यस इन्सुरेन्सले गत वर्ष १६ करोड ३८ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि १९.६३% ले बढेर २ अर्ब २३ करोड ७५ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस कम्पनीले १ अर्ब ८७ करोड ३ लाख ५६ हजार रुपैयाँ खुद बिमा शुल्क कमाएको थियो ।

यता, जीवन बिमा कोषको आकार पनि ३०.८४% ले बढेर १० अर्ब ६६ करोड ६ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत वर्ष जीवन बिमा कोषमा ८ अर्ब १४ करोड ७६ लाख रुपैयाँ थियो । चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १६ पैसा छ । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ०६ पैसा रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ५ करोड ४१ लाख १६ हजार रुपैयाँ छ । 

Read More
  • MBL - below news