नेपाल राष्ट्र बैंकले बैंकका कर्मचारीका लागि घरबाटै काम लाई स्वीकृति प्रदान गरेको छ। लकडाउनको अनिश्चिततालाई मध्यनजर गरि राष्ट्र बैंकले कामको प्रकृति अनुसार बैंकका कर्मचारीलाई घरबाटै काम गर्ने स्वीकृति प्रदान गरेको हो।
आज सोमबार बैंकको सेवा संचालन मार्ग दर्शन २०७७ जारि गर्दै राष्ट्र बैंकले घरबाटै काम गर्न स्वीकृति प्रदान गरेको हो। त्यस्तै राष्ट्र बैंकले कोरोना भाइरसबाट सुरक्षित रहेर बैंकिङ सेवालाई निरन्तरता दिने गरि मार्ग दर्शन जारि गरेको छ।
राष्ट्र बैंकले बिभाग, कार्यालय, महाशाखा, र इकाईको कार्यलाई निरन्तरता दिने र जिम्मेवारि सम्बन्धित प्रमुखलाई नै दिने मार्ग दर्शनमा उल्लेख गरेको छ। घरबाटै काम गर्ने कर्मचारीले भने विभागीय प्रमुखको सम्पर्कमा निरन्तर रहनुपर्नेछ।
राष्ट्र बैंकले घरबाटै काम गर्ने कर्मचारीलाई टेलिफोनरमोबाइल तयारी अवस्थामा राख्नु पर्ने निर्देशन दिएको छ भने आफ्नो इमेललाई समेत अद्यावधिक रुपमा राखी सम्बन्धित प्रमुखसँग निरन्तर सम्पर्कमा रहनु पर्ने बताएको छ। आफु कार्यरत बिभागको प्रमुखले सुचित गरेको समयमा भने घरबाटै काम गर्ने कर्मचारी कार्यलयमा उपस्थित हुनुपर्नेछ।
त्यस्तै कोरोना भाइरस फैलिन नदिन राष्ट्र बैंकले सुरक्षा सतर्कतामा समेत बिशेष जोड दिएको छ। प्रत्येक कार्यालयमा अनिवार्य रुपमा तापक्रम मापन गर्ने इन्फ्रारेड थर्मोमिटरको ब्यवस्था गर्नु पर्ने छ भने बैंकको प्रवेशद्वारमा खटिने सुरक्षा समुहका कर्मचारीलाई सकेसम्म अनिवार्य पीपीई लगाउन र त्यसको सुविधा नभए एन९५ मास्क लगाउन राष्ट्र बैकले निर्देशन गरेको छ।
...