राष्ट्र बैंकका गभर्नरसँग १ करोड बढीको शेयर, ११ वाणिज्य बैंक र ४ हाइड्रोमा लगानी


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकका गभर्नरसँग १ करोड बढीको शेयर, ११ वाणिज्य बैंक र ४ हाइड्रोमा लगानी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग १ करोड बढीको शेयर रहेको पाईएको छ  । गभर्नर अधिकारीले राष्ट्र बैंकमा पेश गरेको सम्पति विवरणमा आफु र आफ्नो परिवारको सदस्यको नाममा १ करोड बढी लागत भएको शेयर रहेको उल्लेख गरेका हुन्  ।

उनीसँग हाल दोस्रो बजारमा कारोबार नै हुन् छोडेका नेपाल फिल्म, बाँसबारी लेदरेज, हरिसिद्धि इँटा, ज्योति स्पिनिङ लगायतका औद्योगिक निकायको ११ सय कित्ता शेयर रहेको छ  । उनले यी शेयर ४५ हजार २ सयमा आईपिओ मार्फत खरिद गरेको उल्लेख गरेका छन्  ।

त्यस्तै उनले आफुसँग नबिल बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाडौँ, सनराइज बैंक, एभरेष्ट बैंक, मेगा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबि बैंक, ग्लोबल आइएमइ बैंक , एनआईसी एसिया बैंक, मेरो माइक्रोफाइनान्स, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्स लगायतका संस्थाहरुको १७ हजार १ सय ८४ कित्ता साधारण शेयर भएको उल्लेख गरेका छन्  । उनले यी शेयर अईपिओ, दोस्रो बजार, बोनस , हकप्रद मार्फत लिएको र यो शेयरको लागत ४८ लाख ३७ हजार ३ सय ९० रुपैयाँ रहेको विवरण पेश गरेका छन्  ।

Read More
  • EBL Ad news