‘कोरोना संकटपछि लगानीको मोडल परिर्वतन हुन्छ’


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘कोरोना संकटपछि लगानीको मोडल परिर्वतन हुन्छ’

२१ वैशाख, काठमाडौं । कोभिड–१९ को असरले पर्यटन तथा यातायात क्षेत्रहरू धरासायी बनेका छन् । अर्थतन्त्रका सबै क्षेत्रमा कोरोनाको असर परेको छ । केही क्षेत्रमा धेरै त केहीमा कम असर परेको छ ।

सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौड्याल पर्यटन तथा यातायातसँगै अब राज्यले जलविद्युत क्षेत्रलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउँछन् ।

अनलाइनखबरसँगको अन्तर्वार्तामा सीईओ पौड्यालले पूर्वाधार विकासका लागि जलविद्युत क्षेत्र विशेष समस्यामा रहेको भन्दै सरकारले हाइड्रोपावरका समस्या सुन्नु पर्ने बताए । लकडाउनपछि बैङ्कहरूको लगानी मोडल परिवर्तन हुने बताउँदै उनले सरकारले जलविद्युत् आयोजनाहरूलाई स्वास्थ्य र शिक्षापछिको प्राथमिकतामा राख्नुपर्ने बताए ।

बैङ्कर्स संघका कार्यकारी सदस्यसमेत रहेका पौड्यालसँग विविध विषयमा गरिएको कुराकानीको सम्पादित अंशः

सर्वसाधारणहरूले बैङ्कबाट कसरी सेवा पाइरहेका छन् ?

हामी चाहन्छौँ— सबै किसिमका बैङ्किङ अनलाइन होस् । त्यसअनुसार प्रविधिमा लगानी पनि बढाएका छौँ । दैनिक डिजिटल कारोबार गर्ने ग्राहकको तथ्यांकले हामीलाई उत्साहित बनाएको छ ।

अहिलेको अवस्था अलि अप्ठ्यारो नै हो । अप्ठ्यारो अवस्थामा बैङ्कहरूले अझै प्रभावकारी सेवा दिनुपर्छ । बैङ्किङ सिस्टम राम्रै चलिरहेपनि पूर्ण रुपमा सेवा दिन पाएको छैन ।

बैङ्किङ अत्यावश्यक सेवामा पर्छ । लकडाउनको अवधिमा पनि व्यक्ति, व्यवसायी, संघ–संस्था सबैले वित्तीय कारोबार गर्नैपर्ने हुन्छ । यो कुरालाई मध्यनजर गर्दै बैङ्कहरूले सेवा दिइरहेकै छन् । सनराइज बैङ्कको मात्र ५५ वटा शाखाबाट सेवा प्रवाह भइरहेको छ । हामी ग्राहकहरूलाई सेवा दिनैपर्छ भन्ने पक्षमा छौँ ।

अर्को महत्वपूर्ण कुरा, हामी ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गरेका छौँ । समय, स्वास्थ्य सुरक्षालगायत सबै हिसाबले डिजिटल कारोबार उपयुक्त हुन्छ । पछिल्लो समय देशभर प्रविधिको प्रयोग पनि बढेको छ । मोबाइल, एसएमएस, इन्टरनेट बैङ्किङका प्रयोगकर्ता बढेका छन् ।

हामी चाहन्छौँ— सबै किसिमका बैङ्किङ अनलाइन होस् । त्यसअनुसार प्रविधिमा लगानी पनि बढाएका छौँ । दैनिक डिजिटल कारोबार गर्ने ग्राहकको तथ्यांकले हामीलाई उत्साहित बनाएको छ ।

प्रविधिको प्रयोग बढ्दै जाँदा झेल्नु परेका समस्याहरू केही छन् ?

अहिलेसम्म ठूला समस्या केही छैन । शाखा खुलेन, रेमिट्यान्सको भुक्तानी पाउन सकिएन भन्ने फाट्टफुट्ट गुनासा छन् । ग्राहकहरूमा अब अनलाइन बैङ्किङ कारोबार हुनुपर्छ भन्ने भइसकेको छ ।

कुनै पनि समस्याहरू आउदा त्यहाँ अवसर पनि हुन्छ । अहिले त्यस्तै अवसर आएको छ । अब ग्राहकहरू स्वतःस्फूर्त डिजिटल च्यानलमा सहभागी हुनुहुनेछ ।

अहिले मुलुक लकडाउनमा छ । यस्तो विषम परिस्थितिमा केहीकेही समस्या आउन सक्ला । जस्तो— रेमिट्यान्स भुक्तानीमा समस्या भयो भन्ने कुरा आएको छ । यद्यपि, यो मेरो बैङ्कको समस्या होइन । कोड भेरिफाइड नभएर भुक्तानीमा ढिलाइ भएको हुन सक्छ । त्यसबाहेक ठूलो समस्या केही छैन ।

राज्यको उच्च प्राथमिकतामा रहेको जलविद्युत् क्षेत्रमा कोभिड– १९ को असर कस्तो देख्नुहुन्छ ?

...

Read More
  • MBL - below news