स्पर्स लघुवित्तको नाफामा चमक, अधिकांश सूचकमा तेजी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
स्पर्स लघुवित्तको नाफामा चमक, अधिकांश सूचकमा तेजी

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा स्पर्स लघुवित्त वित्तीय संस्था थप मजबुत बन्दै गएको छ । यसअवधिमा कम्पनीको खुद नाफा १९७.५१% ले बढेर १ करोड ७९ लाख ६७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा यो संस्थाले ६० लाख ३९ हजार रुपैयाँमात्रै नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा स्पर्सको खुद ब्याज आम्दानी १०८.९६% ले वृद्धि भएको छ ।

यस्तै, सञ्चालन नाफा पनि १६३.२३% ले बढेको छ । जसका कारण खुद नाफा ह्वात्तै माथि जान सहयोग पुगेको हो । यसको चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ छ । जगेडा कोष पनि ६७ लाख ५१ हजार रुपैयाँले बढेर २ करोड ५९ लाख ८२ हजार रुपैयाँ पुगेको छ । स्पर्सको प्रतिसेयर अम्दानी २५ रुपैयाँ ५५ पैसा (वार्षिक) छ ।

Read More
  • MBL