अहिलेको अवस्थामा नयाँ योजनालाई बजेट छुट्याउन सकिँदैन : राष्ट्र बैंक


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
अहिलेको अवस्थामा नयाँ योजनालाई बजेट छुट्याउन सकिँदैन : राष्ट्र बैंक

काठमाडौँ — नेपाल राष्ट्र बैंकले अहिलेको परिस्थितिमा नयाँ योजनालाई बजेट छुट्याउन नसकिने बताएको छ । चालु योजनाहरु अगाडि बढाउन नै अहिलेको स्रोत र सीमाहरु अपर्याप्त रहेकाले नयाँ योजनाका लागि बजेट छुट्याउन सक्ने अवस्था नरएको बैंकले बताएको छ ।

पाइपलाइनमा रहेका योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने परिस्थितिमा नयाँ योजनाहरु आउन समय लाग्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । उनले भने, ‘नयाँ योजनाहरुका लागि थप प्लानिङ गर्नुपर्ने हुन्छ । हिजो तयार भएका योजनालाई पुन: प्राथमिकीकरण गर्नु पर्ने हुन्छ । ती सबै योजना हिजो सोचेजस्तै गरी अहिले टाइमलाइनमा जान समस्या नै छ ।’

साना तथा घरेलु व्यवसायीहरुलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पुनर्कर्जासम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी गरेको छ । साना तथा घरेलु व्यवसायीहरुलाई प्राथमिकता दिनेगरी पुनर्कर्जा कार्यविधि गरिने गभर्नर अधिकारीले जानकारी दिए । पुनर्कर्जाको प्रक्रिया धेरै लामो भएकाले प्रयोगमा नआएको र ठूला खालका ऋणीहरुले मात्रै पहुँच रहेकाले कार्यविधि परिमार्जन गरिन लागेको उनले बताए । उनले भने, ‘अहिलेको प्रोसेस धेरै लामो भयो । ठूला खालका ऋणीहरुले मात्रै हिजो पाएको जस्तो देखियो । सानोभन्दा सानो ग्राहकले पनि पाउने गरी कार्यविधि बनाउँदैछौँ । सामान्य पुनर्कर्जामा २ प्रतिशत ब्याज छुट हुन्छ । हिजो राष्ट्र बैंकले ३ र अन्य बैंकहरुले ७ प्रतिशत ब्याज लिँदै आएका थिए । अहिले त्यसलाई घटाएर राष्ट्र बैंकले २ र अन्य बैंकले ५ प्रतिशतमा दिनुपर्ने छ ।’

Read More
  • EBL