राष्ट्र बैंकले गर्‍यो हिमालयन बैंकलाई कारबाही, सनराइजलाई पनि काट्यो पत्र


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्र बैंकले गर्‍यो हिमालयन बैंकलाई कारबाही, सनराइजलाई पनि काट्यो पत्र

राष्ट्र बैंकले हिमालयन बैंकलाई कारबाही गरेको छ। सम्पति शुद्धिकरण नियमावली २०७३ को निर्देशन पालना नगरेकाले बैंकलाई कारबाही गरिएको स्रोतले जनाएको छ। 

सम्पति शुद्धिकरण नियमावली २०७३ को निर्देशनको अक्षरस पालना नगरेकाले बैंकलाई २० लाख कारबाही गरिएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ।  शंकास्पद कारोबार तथा दश लाख माथिको कारोबारको जानकारी समयमा नदिएकाले बैंकलाई कारबाही गरिएको हो। 

त्यस्तै निर्देशन पालना नगरेको पाइएकाले नेपाल राष्ट्र बैंकले सनराइज बैंकलाई पनि पत्र काटेको छ। सनराइज बैंकलाई निर्देशन उल्लंघन भएकाले कारबाही किन नगर्ने भनेर पत्र काटिएको जनाइएको छ। सम्पति शुद्दिकरण सम्वन्धी निर्देशन अनुपालन नगरेमा १० लाख देखि ५ करोड सम्म जरिवाना गर्न सक्ने ब्यवस्था तोकेको छ।

Read More
  • MBL - below news
  • EBL Ad news