स्ट्याण्डर्ड चार्टर बैंकको नाफा १२ प्रतिशतले घट्यो, लगानीकर्ता चिन्तित


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
स्ट्याण्डर्ड चार्टर बैंकको नाफा १२ प्रतिशतले घट्यो, लगानीकर्ता चिन्तित

एजेन्सी । लण्डनमा मुख्यालय रहेको स्ट्याण्डर्ड चार्टर बैंकको नाफामा ठुलो ह्रास आउने देखिएको छ । चालु आर्थिक वर्ष २०२० को पहिलो त्रैमासमा यो बैंकको नाफामा १२ प्रतिशत कमी आएको देखिएको छ ।

सन् २०१९ को पहिलो त्रैमासमा ९१७ मिलियन डलर नाफा गरेको यो बैंकको यो वर्ष सोही अवधिको नाफा मात्र ८१० मिलियन डलर रहेको छ । यो बैंकको लगानी भने यसबिच ७८ मिलियन डलरले बढेको छ । यस्तो लगानी अहिले ९५६ मिलियन पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनबिसीले जनाएको छ ।

यो बैंकले आफ्नो ऋण घाटा बढ्ने अनुमान समेत गरेको छ । अघिल्लो वर्षको डिसेम्बर महिनामा ५.८ बिलियन डलर यस्तो नोक्सान हुने अनुमान रहेकोमा अहिले त्यो बढेर ६.२ बिलियन हुने अनुमान छ ।

Read More
  • MBL - below news
  • EBL Ad news