बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमा चिकित्सक र फार्मासिस्टको पनि दरबन्दी छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर राष्ट्र बैंकमा १० जना चिकित्सक, ४ जना इन्जिनियर, २ जना इलेक्ट्रिसियन, २ जना फार्मासिस्ट, ५२ जना चालक र ८५ जना सुरक्षाकर्मी गरी जम्मा १५५ जना करारमा कार्यरत रहेका छन् ।
राष्ट्र बैंकका अनुसार २०७६ फागुन मसान्तमा बैंकमा अधिकृतस्तरका ४९५, सहायकस्तरका ४४६ र श्रेणीविहिन कार्यालय सहयोगीस्तरका ११५ गरी कुल १,०५६ कर्मचारीहरू कार्यरत रहेका छन् । बैंकका अनुसार कार्यरत कर्मचारीहरूमध्ये अधिकृतस्तर र सहायकस्तरका कर्मचारीबीचको अनुपात १ः०.९० तथा सहायक र कार्यालय सहयोगीस्तरका कर्मचारीबीचको अनुपात १ः१.१३ रहेको छ ।