कोरोना संक्रमित क्षेत्रमा बाहेक नेपाल बैंकका शाखा खुला


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कोरोना संक्रमित क्षेत्रमा बाहेक नेपाल बैंकका शाखा खुला

नेपाल बैंक लिमिटेडले देशमा रहेका अधिकांश शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कोभिड–१९ का संक्रमित देखिएका क्षेत्रबाहेक सबै स्थानका शाखा सञ्चालनमा ल्याएको हो । 

चैत ११ गतेदेखि पहिलो बन्दाबन्दी लागू भएपछि बैंकले ४४ वटा शाखा मात्र सञ्चालन गरेकामा बन्दाबन्दी लम्बिँदै गएपछि आवश्यकताअनुसार थप शाखा सञ्चालनमा ल्याएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए । उनले भने, ‘सरकारी कारोबार गर्ने र नेपाल राष्ट्र बैंकको कामसमेत गर्नुपर्ने केही शाखाहरू छन् । त्यस्ता शाखा खोल्नैपर्छ ।’ 

चैत मसान्त भएकाले र सरकारी तलब, पेन्सन, सामाजिक सुरक्षा रकम भुक्तानी दिनुपर्ने भन्दै स्थानीय तहहरूले अप्ठ्यारो परेको गुनासो गरेपछि थप शाखा सञ्चालनमा ल्याउँदै गएको उनको भनाइ  छ । 

वैशाख १२ गते बैंकका १ सय ७८ मध्ये १ सय ७० शाखा सञ्चालनमा थिए । कोभिड–१९ संक्रमण देखिएको रौतहटका ५ शाखा, उदयपुरको १ शाखा, सप्तरीको १ शाखा र दमकको १ शाखा भने सञ्चालनमा नआएको प्रवक्ता अधिकारीले जानकारी दिए । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad