नेपाल राष्ट्र बैंकले २० वटा लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाहीस्वरुप हर्जाना लगाइएको जनाएको छ । राष्ट्र बैंकले तोकेको ब्यबस्था पालना नगरेको कारण कारवाही गरिएको बैंकले जनाएको हो ।
राष्ट्र बैंकका अनुसार २०७६ फागुन मसान्तसम्म ५० वटा लघुवित्त वित्तीय संस्थाहरूको समष्टिगत स्थलगत निरीक्षण, पाँच वटाको लक्षित स्थलगत निरीक्षण तथा चार वटाको अनुगमन÷विशेष निरीक्षण सम्पन्न गरिएको छ । सो अवधिमा निर्देशन अनुसार न्यूनतम पुँजीकोष कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेवापत पाँच वटा लघुवित्त वित्तीय संस्थाहरूलाई शीघ्र सुधारात्मक कारबाहीको प्रक्रिया अगाडि बढाइएको राष्ट्र बैंकले जनाएको हो । त्यस्तै राष्ट्र बैंकका अनुसार न्यूनतम अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेका २० वटा लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाहीस्वरुप हर्जाना लगाइएको छ ।