राष्ट्र बैंक पोखरा कार्यालयमा ४ करोड वैदेशिक मुद्रा डिपोजिट


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंक पोखरा कार्यालयमा ४ करोड वैदेशिक मुद्रा डिपोजिट

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको ३३ औं दिनसम्ममा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयमा ४ करोड वैदेशिक मुद्रा डिपोजिट भएको छ । सटही, रेमिट्यान्स, आइएमईसहित उक्त रकम राष्ट्र बैंक पोखरामा डिपोजिट भएको राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोख्रेलले बताए ।
उनका अनुसार हालसम्म पोखरा कार्यालयमा लकडाउनको अवसरमा ४ करोड वैदेशिक मुद्रासहित ३७ करोड रुपैयाँ मात्र डिपोजिट भएको छ । त्यसैगरी लकडाउनको अवधिमा राष्ट्र बैंक पोखराबाट ४८ करोड रुपैयाँ निकालिएको छ । गत चैत ११ गतेदेखि देशमा लकडाउन भएकोले हालसम्म राष्ट्र बैंक पोखराबाट विभिन्न बैंक तथा वित्तीय संघ संस्थाहरुले लगेको बैंकका निर्देशक पोख्रेलले बताए । लकडाउनको समय एक महिना भन्दा बढी हुँदा आम उपभोक्तालाई रकम अभाव भएको भन्दै विभिन्न बैंक तथा वित्तीय संघ संस्थाबाट रकम निकाल्नेहरु तथा केही मात्रमा डिपोजिट गर्नेहरुको संख्या बढेसँगै पछिल्लो समयमा बैंकहरुमा अत्याधिक भिड हुन लागेको उनले जनाए ।

Read More
  • EBL Ad news