ब्याज भुक्तानीमा सहुलियत दिने गभर्नरको घोषणा, अरु के–के आउँदैछ प्याकेज ?


  • KBL News Ad
  • ADBL
  • City Express
ब्याज भुक्तानीमा सहुलियत दिने गभर्नरको घोषणा, अरु के–के आउँदैछ प्याकेज ?

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गरिने घोषणा गरेका छन् । कोरोना संक्रमणका कारण अर्थतन्त्रमा समस्या परेको तथा ऋणीहरु समेत मारमा परेको भन्दै उनले ब्याजमा सहुलियत प्रदान गर्ने बताएका हुन् ।

नेपाल राष्ट्र बैंकको ६५औं वार्षिकोत्सव अवसर पारेर उनले यो घोषणा गरेका हुन् । सहुलियत सम्बन्धी प्याकेज केही समयपछि आउने केन्द्रीय बैंकको भनाई छ । यसैगरी, कोरोनाबाट बढी प्रभावित भएका क्षेत्रलाई चालु पुँजी कर्जा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने पनि गभर्नरले बताएका छन् । ६० अर्बको पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गरिने पनि उनले बताए ।

 

Read More
  • EBL Ad news