सानिमा बैंकले कोरोना भाइरस (कोविड–१९) कोषलाई १ करोड ६८ लाख सहयोग गरेको छ। जसअन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट ३३ लाख रुपैयाँ प्रदान गरिएको छ।
केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा ९८ लाख र प्रत्येक प्रदेश सरकारलाई १० लाख रुपैयाँका दरले ७० लाख सहयोग गरेको छ।
बैंकका प्रादेशिक कार्यालयका प्रतिनिधिहरु मार्फत् आ–आफ्ना प्रदेश सरकारलाई सो सहयोग रकम हस्तान्तरण तथा केन्द्र सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो।








