६ चैत, काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । सीईओ पौड्यालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालमा गराएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।
लकडाउन अवधिमा पनि काममा खटिएका सीईओ पौड्याललाई केहि आफन्त र सार्थीहरुले परीक्षण गर्न सुझाए पछि उनले वीर अस्पतालामा परीक्षण गराएका थिए ।
लकडाउनमा पनि जनताका सेवाका लागि भन्दै आफ्नो काममा नियमित लागिरहेका सीईओ पौडेलले आफूले उच्च सुरक्षा सतर्कता अपनाएको बताएका छन् । उनले सबैले सकेसम्म घरभित्रै बस्न र उच्च सुरक्षा सतर्कता अपनाउन सबैमा आ
...








