कोरोना कोषको खाता राष्ट्र बैंकमा, बैंकलाई सरकारी खाता अद्यावधिक गर्न निर्देशन


  • KBL News Ad
  • ADBL
  • City Express
कोरोना कोषको खाता राष्ट्र बैंकमा, बैंकलाई सरकारी खाता अद्यावधिक गर्न निर्देशन

काठमाडौँ — कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष खाता राष्ट्र बैंकमा पनि खोलिएको छ । सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर रकम संकलन हुँदै आएकोमा केन्द्रीकृत रूपमा राष्ट्र बैंकमा पनि चैत ३० मा खोलिएको छ । यससँगै सबै वाणिज्य बैंकमा खुलेका खातामा जम्मा रकम संकलन भएको भोलिपल्ट १२ बजेभित्रै राष्ट्र बैंकको खातामा पठाउन निर्देशन दिएको हो ।

‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषसम्बन्धी त्यस बैंकमा कुनै खाता खोलिएको भए त्यस्ता खाता सोही समूहअन्तर्गत रहने तथा उक्त खातामा जम्मा भएको तथा आगामी दिनमा जम्मा हुन आउने रकमहरू जम्मा हुन आएको दिनको भोलिपल्ट आरटीजीएसमार्फत यस बैंकमा रहेको खातामा जम्मा गर्ने व्यवस्था गर्न,’ निर्देशनमा भनिएको छ ।

कोरोना संक्रमण उपचारका लागि सरकारले खाता खोली सहयोगका लागि आह्वान गरेसँगै निजी क्षेत्रबाट पनि थुप्रै खाता खुलेका थिए । पछि सरकारले निजी क्षेत्रबाट खुलेका सबै खाता बन्द गरी एकद्वार रूपमा सरकारले खोलेको खातामा मात्र रकम संकलन गर्न आग्रह गर्‍यो । खाता खुलेको दुई सातापछि सो खाता महालेखाको मातहत राख्नुपर्ने निर्णय भयो । यसकारण महालेखाको मातहतमा रहने गरी राष्ट्र बैंकमा खाता खोलिएको हो । सरकारले खोलेको उपचार कोषमा चैत २८ सम्म १ अर्ब ९३ करोड ८९ लाख रुपैयाँ संकलन भएको छ । कोषमा रकम जम्मा हुने क्रम जारी छ ।

Read More
  • EBL Ad news