सन्राइज बैंक लिमिटेडले वि.सं २०७७ सालको डिजिटल क्यालेन्डर सार्वजनिक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सन्राइज बैंक लिमिटेडले वि.सं २०७७ सालको डिजिटल क्यालेन्डर सार्वजनिक

सन्राइज बैंक लिमिटेडले वि.सं २०७७ सालको क्यालेन्डर डिजिटल माध्यममा सार्वजनिक गरेको छ । Lockdown र work from home लाई मध्यनजरमा राखी उक्त क्यालेन्डर बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र व्यवस्थापन समितिका सदस्यहरुले Video Conferecing मार्फत सार्वजनिक गरिएको हो । बैंकले Discovering Nepal विषय वस्तुसहित नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशकका १२ वटा विभिन्न अन्वेक्षित र अन्वेषण नगरिएका स्थलहरू समावेश गरेको छ जसले आजीवन अनुभव सिर्जना गर्ने बैंकले जनाएकोछ ।

कोरोना (भाइरस कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिपेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै क्यालेन्डरलाई डिजिटल माध्यममा सार्वजनिक गरिएको बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल क्यालेन्डर इमेल र भाइबर मार्फत प्रदान गर्ने व्यवस्था समेत गरेको छ । 

Read More
  • MBL - below news