केन्द्रीय बैंकले १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन प्रक्रिया अघि बढायो


  • KBL News Ad
  • ADBL
  • City Express
केन्द्रीय बैंकले १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन प्रक्रिया अघि बढायो

काठमाडौं : नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने प्रक्रिया सुरु गरेको छ । आर्थिक वर्ष २०७६–७७ को बजेटमार्फत् नेपाल सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । सोहीअनुसार केन्द्रीय बैंकले ऋण उठाउने प्रक्रिया सुरु गरेको हो । यस्तो ऋण ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको माध्यमद्वारा उठाउन सकिने विकल्प सरकारसँग छ । सोही अनुसार अर्थ मन्त्रालयले केन्द्रीय बैंकलाई ऋण उठाउन अनुमति दिएको हो । 
 

सरकरले बजेटमा व्यवस्था गरिएको अधिकतम सीमा अर्थात् १ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदैछ । त्यसमध्ये ९० अर्बको ट्रेजरी बिल, १०० अर्बको विकास ऋणपत्र, ४ अर्बको नागरिक बचतपत्र र १ अर्बको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने तयारी केन्द्रीय बैंकले गरिरहेको छ । 

Read More
  • EBL Ad news