सनराइज बैंकद्वारा कोरोना भाइरस (कोभिड–१९) जोखिमको न्यूनीकरणको लागि कर्णाली प्रदेशको रुकुम जिल्लाको मुसिकोट नगरपालिकामा सहयोग सामग्री पिपिई वितरण गरिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संघीय सांसद जनार्दन शर्मा प्रभाकरलाई १० थान पीपीई, १००० थान मास्क, स्यानेटाइजर, पल्स अक्सिमिटर र ग्लोबस् हस्तान्तरण गरेका हुन। हालसम्म बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने क्रममा रहेको छ ।








