स्टाण्डर्ड चार्टर्डद्वारा ५ करोड डलरको कोभीड–१९ सहायता कोष घोषणा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
स्टाण्डर्ड चार्टर्डद्वारा ५ करोड डलरको कोभीड–१९ सहायता कोष घोषणा

चैत २१, काठमाडौं । बेलायती बहुराष्ट्रिय बैंङकिङ तथा वित्तीय सेवा कम्पनी स्टाण्डर्ड चार्टर्ड ग्रूपले कोरोना भाइइस (कोभिड–१९) महाव्याधीबाट प्रभावित भएकाहरुलाई सहायता प्रदान गर्न ५ करोड अमेरिकी डलरको कोष स्थापना गरेको छ । 

एक प्रेस विज्ञप्ति जारी गर्दै स्टाण्डर्ड चार्टर्डले कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित भएका बजारहरुमा आपतकालीन राहत प्रदान गर्न ग्रूपले तत्कालै २ करोड ५० लाख डलर निकासा गर्ने बताएको छ । 

‘कोषमा बाँकी रहने २ करोड ५० लाख डलरले समुदायहरुलाई महाव्याधीको आर्थिक असरहरुबाट मध्यकालीन अवधिमा पुनरुत्थान हुन सहयोग गर्ने छ , कोषमा जम्मा हुने ५ करोड डलर ग्रूपका कर्मचारी र अन्य दाताहरुबाट संकलन गरिने छ’, उसले विज्ञप्तिमा उल्लेख गरेको छ । 

स्टाण्डर्ड चार्टर्डका अनुसार ग्रूपका संचालक समिति सदस्य र व्यपस्थापकीय टीम सदस्यहरुले कोषमा व्यक्तिगत रुपमा योगदान गर्नेछन् । 

देशीय एवं क्षेत्रीय ईकाईहरुको प्रयत्नबाट कोभीड–१९ राहत सम्वन्धित् कार्यहरुमा हालसम्म १८ लाख  ५० हजार डलर प्रदान गरिसकिएको स्टाण्डर्ड चार्टडले बताएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news