नयाँ गभर्नरको नियुक्ति अव लकडाउन सकिएपछि


  • KBL News Ad
  • ADBL
  • City Express
नयाँ गभर्नरको नियुक्ति अव लकडाउन सकिएपछि

चैत  २०,  काठमाडौं । कोरोना भाइरसको संक्रमण तथा न्यूनीकरणका लागि सरकार व्यस्त भइरहेका बेला नयाँ गभर्नरको नियुक्ति अन्यौल बनेको छ ।

संक्रमणकै बीचमा गभर्नरको नियुक्ति कहिले हुन्छ भन्ने चासोको विषय रहेको सन्दर्भ र  यसमा सरकारको तयारी के छ भनी संचारकर्मीहरुले सोधेको प्रश्नमा  अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले ‘अब यो लकडाउनको अवधि सकियोस, त्यसपछि हामी निर्णय गर्छौं’ भनेका छन् ।

देशको मौद्रिक र वित्तीय नीतिको प्रमुख जिम्मेवार नेपाल राष्ट्र बैंक नयाँ गभर्नर नभएकै कारण प्रमुखविहीन भएको हो । निवर्तमान गभर्नर डा चिरञ्जीवी नेपालको कार्यकाल समाप्त भए पनि नयाँ गभर्नर नियुक्त नहुँदा डिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कायममुकाय (कामु) गभर्नरको काम गरिरहेका छन् । 

 मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना   भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण संयन्त्र सक्रिय भएको अवस्थाका कारण पनि गभर्नरको नियुक्तिको प्रक्रिया लम्विन पुगेको हो । 

गभर्नरको नियुक्ति मन्त्रिपरिषद्को निर्णयले हुनेभएता पनि लकडाउन कहिले खुल्ने भन्ने अन्योल भएका कारणले गभर्नर नियुक्त हुन अझै समय लाग्ने देखिएको  नेपाल राष्ट्र बैंक स्रोतले बताएको छ ।

Read More
  • EBL Ad news