काठमाडौं । सन्राइज बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै सैनिक स्वास्थ्य महा निर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सहयोग गरेकोे छ । मंगलबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सैनिक स्वास्थ्य महा निर्देशनालयका महा निर्देशक, सहायक रथी डा. नगेन्द्र के.सीलाई हस्तान्तरण गरीएको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत नेपाल सैनिकले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताउनु भयो ।
आगामी दिनहरुमा बैंकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गर्न र ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन गर्न बैंकले थुपै्र योजना ल्याएको जनाएको छ ।








