नेपाल राष्ट्र बैंकमा कार्यरत कर्मचारीहरुलाई अनिवार्य रुपमा आफ्नो विभागीय कार्यालय महाशाखा इकाइ प्रमुख तथा सम्बन्धीत कर्मचारीको सुपरिवेक्षकहरुसँग सम्पर्कमा रहिरहन अनुरोध गरेको छ ।
विश्वभर महामरीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न देशभर गरिएको Lockdown अवधिमा समेत अत्यावश्यक बैकिङ्ग सेवा सञ्चालन गर्नुपर्ने तथा अन्य आवश्यक कार्यहरु समेत सञ्चालन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा आफ्ना विभागिय/कार्यलय/महाशाखा/इकाई प्रमुख तथा सम्बन्धित कर्मचारीहरुको सुपरिवेक्षकहरुसँग नियमित सम्पर्कमा रहिरहन तथा आवश्यक परि कार्यालयमा बोलाइएको खण्डमा अनिवार्य रुपमा कार्यालयमा हाजिर वा सम्पर्क रहीहरहन सूचना आह्वान गरको हो ।