राष्ट्र बैकमा गुनासो ओइरोः रेमिट्यान्स पाएनौँ, चेक क्लियरिङ भएन


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैकमा गुनासो ओइरोः रेमिट्यान्स पाएनौँ, चेक क्लियरिङ भएन

काठमाडौं । लकडाउनपछि वित्तीय क्षेत्रमा नियमित हुनुपर्ने कार्य सम्पादन हुन नसक्दा राष्ट्र बैकमा गुनासाहरू ओइरिन थालेका छन् । कोरोना भाइरसको संक्रमणबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न सरकारले चैत ११ गते सोमबारदेखि  चैत १८ गते मंगलबारसम्म देश नै लकडाउन गरेपछि बैंक तथा वित्तीय क्षेत्रले दिने सेवा नियमित हुन नसकेपछि यस्तो गुनासो आएको राष्ट्र बैंकका कायममुकाय गभर्नर चिन्तामणि शिवाकोटीले बताए । 
 
लकडाउनका कारण नियमित कार्य सम्पादनमा प्रभाव पर्न जाँदा कसैले विदेशबाट पठाएको रेमिट्यान्स घरपरिवारले पाएनन भन्ने गुनासो गरेका छन् भने कसैले एससी खोल्न नपाउँदा आयात गर्न समस्या आएको बताइरहेका छन् । कसैले चेक क्लियरिङ भएन भनिरहेका छन् भने कसैले लिक्युडीटी पुगेन भनेर गुनासो राष्ट्र बैंकमा गरिहेका छन् ।  

ग्राहकको चेक क्लियरिङ नभएको गुनासो आएको छ । बैंकका कर्मचारीबाट कार्यालय जानुपरेको गुनासोदेखि कार्यालय जाँदा प्रहरीले रोकेकोसम्म गुनासो राष्ट्र बैंकका आएका छन् । सबैलाई पास मिलाउन सकिएको छैन । यस्तो अवस्थामा बैंकहरूलाई न्यूनतम बैकिङ कारोबार सञ्चालनमात्र गर भनिएको हो,’ उनले भने ‘एटीएमबाट पैसा नपाएको  गुनासो भने अहिलेसम्म आएको छैन ।’ एटीएममा राख्नका लागि भनेर लकडाउनको अघिल्लो दिन बैंकहरूले तीन अर्बभन्दा बढी रुपैयाँ लगेको समेत उनले जानकारी दिए । 

Read More
  • EBL Ad news