हामीले केही वर्षदेखि डिजिटल बैंकिङलाई प्राथमिकता दिदै आएका छौं । पूर्ण रुपमा हामी डिजिटल हुन नसकेपछि हाम्रा ग्राहकहरुले इन्टरनेट बेंकिङ, मोवाइल बैंकिङ लगायतका प्रविधिहरु प्रयोग गर्नु भएको छ । खासगरी फन्ड ट्रान्सफरहरु, पेमेन्टहरु लगायतका काममा समस्या छैन । पछिल्लो समय अनलाइन बैंकिङ कारोबारको प्रयोग बढेको छ ।
सबै ग्राहकहरुसम्म प्रविधि नपुगेको हुनाले यस्तो बेलामा ‘फिजिकल सर्भिस’ आवश्यकता पर्छ । तर सुरक्षाको कारण यो गर्नु हुँदैन । यसले खतरा अवस्था बनाउन सक्छ । यतिबेला देश नै लक डाउनमा गएको छ ।
हामीले फिजिकल्ली सेवा लिनु हुँदैन । सबैका लागि अहिले प्रविधिमा आधारित बैंकिङ कारोबार नै कल्याणकारी हुनेछ । इटलीमा भयावह अवस्था आउनुको कारण उच्च सतर्कता नआनाइएको कारण भनिएको छ ।
हाम्रो अवस्था पनि त्यस्तै हुन स्क्छ भनेर हामी सजग हुनुपर्छ । हामीले पनि सतर्कता अपनाउने कुरामा केहि कमजोरी गरेका छौं । हामीसँग फेरी उपचारका लागि पर्याप्य सामाग्री, औषधी लगायत छैनन् ।
यसकारण पनि हामी यो भाइरसलाई फैलन नै नदिने गरी आवश्यक सतर्कता अपनाउनु पर्ने हुन्छ । यसकारण हामीले हिजो मात्रै पनि नेपाल बैंकर्स संघको डिजिटल बैठक बसेर केहि आवश्यक निर्णयहरु गरेका छौं ।
‘अवसर पनि हो’
कुनै ग्राहकलाई ‘स्पेसिफिक’ कारोबार गर्नु परेको छ, ठूलो रकम जम्मा गर्ने पर्ने अवस्था आयो अथवा एटिएमले दिन नसक्ने रकम निकाल्नु पर्ने छ भने हामीले शाखा मार्फत नै पनि सेवा दिन सक्नेछौं । अहिलेको अवस्थालाई मध्यनजर गरेर कोरोना भाइरस सम्बन्धी इक्प्यूपमेन्टहरु, मेसिनरी, मेसिनरी लगातका सामाग्रीहरु आयात गर्न एलसी खोल्नु पर्यो भने सम्बन्धित आफ्नो बैंकमा सम्पर्क गरेर कुनै एउटा शाखा खोलेर सेवा दिन सकिने व्यवस्था मिलाउछौं भनेका छौं ।
कतिपय ग्राहकहरुले मलाई यो कारोबार गर्नु पर्यो । कहाँ कसरी गर्ने भनेर फोन गर्नु भयो भने हामी यहाँनेरको शाखा यतिबजेसम्म खोल्छौं भनेर खबर गर्छौ ।
हाम्रै सनराइज बैंकको कुरा गर्ने हो भने आज हामीले गैरीधाराको शाखा कार्यालय खोलेका छौं । हामीले विदेशी बैंकसँग गर्नु पर्ने कारोबारहरु लगायतका केहि महत्वपूर्ण कामका लागि खोलेका हौं । हिजो हामीले काठमाडौं बाहिर १५ वटा शाखा खोलेका थियौ । कतिपय ठाउँमा स्थानीय प्रशासनको समन्वयमा खोलेका थियौं । कतिपय ठाउँमा खोल्न सकिने अवस्था पनि छैन । कारोबार पनि एकदमै कम छ ।
हाम्रो अनुभवले के देखायो भने, धेरै जसो पैसा निकाल्नका लागि ग्राहकहरु आउने गर्नु भएको छ । डिजिटल कारोबार गर्दा पैसा पनि लाग्दैन । ४ हजार बढी एटिएमहरु छन् । पैसा निकाल्न कै लागि बैंकसम्म पुगन पर्दैन । प्रविधिबाट सेवा लिन सक्नु हनेछ । यो संकट चुनौती भएपनि डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने अवसर पनि हो ।
इमर्जेन्सी सेवा कसरी दिने भन्ने व्यवस्था हामीले गरेका छौं । ग्राहकहरुलाई अप्ठेरो पार्नु हुँदैन । कसरी हुन्छ सेवा दिऔं भन्ने हाम्रो कुरा हो ।
अहिलेसम्म कोरोनाको भ्याक्सिन पनि भेटिएको छैन । न्यूरोर्कमा आक्रामक तरिकारले फैलिएको छ । त्यहाँको मेयरले बुलेट ट्रेनको गतिमा फैलिरहेको छ भन्नु भयो ।
यसले विश्व अर्थतन्त्रको आकार नै ३ देखि ३.५ प्रतिशतसम्मले घट्ने देखिन्छ । विश्वका ठूला र धेरै उद्योग कलकारखानाहरु बन्द भएका छन् । नेपालमै पनि उद्योगहरु चल्न सक्ने अवस्था देखिएको छैन । मजदुरलाई रोजगारको समस्या भयो । सामान वस्तुहरुको उत्पादन बन्द भयो । निजी क्षेत्रमात्रै होइन सार्वजनिक क्षेत्र सबैलाई असर गरेको छ । अर्थतन्त्र कुन अवस्थामा यसपछि धकेलन्छ भन्ने कुराको पुरा आँकडा आउनै बाँकी छ ।
यसकारण पनि हाम्रो आग्रह सकेसम्म घरबाट ननिस्कि दूरी कायम राखेर हामीले कारोबार गर्नु पर्छ । उच्च सतर्कताका साथ १५ दिन हामीले उच्च सतर्कता अपनायौं भने धेरै समाधान हुनसक्छ भन्न सकिन्छ । भारतले २१ दिन लकडाउन घोषणा गरेको छ । यो भाइरसको संक्रमण १४ दिनमा देखिनसक्छ भन्ने एउटा मान्यता छ ।
यसकारण पनि भारतले उच्च सतर्कता अपनाएको हो । हाम्रो देशमा अहिले १८ गतेसम्मका लागि हो । अहिलेसम्म ३ जनामा संक्रमण भेटियो । पहिले हामीले उच्च सतर्कता अपनाएका थिएनौं । विदेशबाट आएका यात्रुहरुको वास्ता गरेनौं । यसकारण पनि अहिले हामी जोखिममा छौं । हरेकले घरघरमा सेल्फ क्वारेनटाइनमा बसौं । यसमा सबैको कल्याण हुनेछ ।
निजी क्षेत्रलाई कसरी उद्दार गर्ने भन्ने कुरा पनि हुन्छ । कुनै एउटा क्षेत्रमात्रै अछुतो रहने कुरा भएन । होटल ट्राभल एयरलाइन्समात्रै होइन हरेक क्षेत्रमा यसको असर पर्छ । अर्थतन्त्रमा हामीले फेस नगरेको समस्या फेस गर्दैछौं । भुइँचालो त हामीले खेप्यौ । भुकम्पपछि यो गरौं भन्न सकिने अवस्था थियो । यि दुबै भयानक छन् । भुइँचालो भन्दा पनि यो धेरै खतरनाक देखियो ।
...








