दुई दिनमा राष्ट्र बैंकबाट तीन अर्ब बाहिरियो


  • KBL News Ad
  • ADBL
  • City Express
दुई दिनमा राष्ट्र बैंकबाट तीन अर्ब बाहिरियो

काठमाडौँ — सरकारले आवश्यकबाहेक सबै सेवा (क्षेत्र) बन्द गरेपछि बैंक तथा वित्तीय संस्थाबाट नगद निकाल्ने क्रम बढेको छ । एटीएमबाट धेरै पैसा झिकिएको बैंकहरुले बताएका छन् । दुईचार दिनयता ढुकुटीबाट ठूलो पैसा बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

‘आइतबार र सोमबार मात्र बैंक तथा वित्तीय संस्थाले तीन अर्ब रुपैयाँभन्दा बढी पैसा लगेका छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘बिदाको समयमा नगद व्यवस्थापनका लागि पनि बैंकहरुले पैसाको जोहो गरेका हुन सक्छन् । बैंकहरुले राष्ट्र बैंकबाट ल्याएको पैसा बराबर नै ग्राहक (सर्वसाधारण) ले नगद झिकेको भन्ने होइन । राष्ट्र बैंकबाट ल्याइएको पैसा उनीहरुले केही बैंकको ‘भल्ट’ मा राख्छन्, केही एटीएम मेसिनमा ।

केही दिनयता सर्वसाधारणले आफूसँग नगद राख्न र आवश्यक सामान किन्न नगद माग बढाएको सूचना प्राप्त भएको बैंकर्स संघले बताएको छ । ‘सर्वसाधारणले बैंकहरुबाट नगद माग बढाएको सुन्नमा आएको छ,’ संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘बन्दका कारण यकिन तथ्यांक आइसकेको भने छैन ।’ सरकारले ‘लकडाउन’ नै गरेपछि ग्राहकले केही नगद आफैसँग राख्न खोज्नु स्वाभाविक भएको शर्माको भनाइ छ ।

राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट कारोबार गर्न प्रोत्साहन गरेका छन् । यसका लागि बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण विद्युतीय बैंकिङका कारोबारको शुल्क मिनाहा गरेका छन् । राष्ट्र बैंकले पनि आरटीजीएस प्रणालीको कारोबार निःशुल्क बनाएको छ भने विद्यतीय कारोबारको सीमा पनि बढाएको छ । नेपाल क्लियरिङ हाउसले पनि आईपीएस कनेन्टको शुल्क निःशुल्क गरेको छ । यी कारणले पछिल्ला दिनमा विद्युतीय बैंकिङ कारोबार बढेको राष्ट्र बैंक तथा बैंकरहरुको दाबी छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत सोमबारसम्म ५ खर्ब ३४ अर्ब रुपैयाँ बराबरका मुद्रा चलनमा छन्  । राष्ट्र बैंकबाट बाहिरिएको तर बैंकमा नफर्किएको पैसालाई चलनचल्तीमा रहेको मानिन्छ । आफ्नो आवश्यकता पूर्ति गर्न उक्त पैसा नागरिकले आफूसँग राख्ने भएकाले यसलाई चलनमा रहेको भनिएको हो ।

...

Read More
  • EBL Ad news