काठमाडौं : बिमा समितिले जीवन र निर्जीवन बिमा कम्पनीहरुलाई छट्टाछुट्टै निर्देशन दिंदै घरबाटै सेवा सञ्चालन गर्न र नवीकरणका लागि ग्राहकलाई थप समय दिन भनेको छ । जीवन बिमा कम्पनीलाई लक डाउनको समय सकिएपछि कार्यालय खुलेको १५ दिनसम्म प्रिमियम बुझाए हुने व्यवस्था गरिएको छ । उक्त समयमा पैसा बुझाए किस्तामा ब्याज नलाग्ने व्यवस्था गरिएको समितिले बताएको छ । यस अवधिमा शुल्क नबुझाए पनि बिमा लेख व्यतीत हुने छैन ।
यता, निर्जीवन बिमाको हकमा बैंकमा पैसा जम्मा गरिदिएपछि स्वतः नवीकरण हुने व्यवस्था गरिएको छ । यसका लागि बिमा कम्पनीहरुले बिमितलाई बिमालेख सकिनुअघि पर्याप्त मात्रामा सूचना दिनुपर्नेछ । बिमा लेख जारी गर्दा वा नवीकरण गर्दा जुनसुकै माध्यमबाट पनि बिमा शुल्क संकलन गर्न सकिने व्यवस्था गरिएको छ ।







