काठमाडौं– कोरोनाभाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल बैंकले नेपाल सरकारलाई १ करोड सहयोग गर्ने भएको छ ।
बैंकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त सहयोग रकम घोषणा गरेको हो ।
...









