निक्षेप र कर्जामा पूर्ण प्रतिस्पर्धा आवश्यक


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
निक्षेप र कर्जामा पूर्ण प्रतिस्पर्धा आवश्यक

अशोकशम्शेर राणा
प्रमुख कार्यकारी अधिकृत, हिमालयन बैंक

लामो समयदेखि हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत अशोक शम्शेर राणालाई बैकिङ क्षेत्रको विज्ञका रूपमा लिइन्छ । उनले बैंकलाई अहिलेको स्थानमा ल्याउन उल्लेखनीय भूमिका खेलेका छन् । अहिले विश्वभर देखिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वकै अर्थतन्त्र प्रभावित बनाइराखेको अवस्थामा नेपालको अर्थतन्त्र पनि प्रभावित भइरहेको छ । यस्तो अवस्थामा आगामी दिनमा बैंकको वर्तमान अवस्था, यसले पार्ने प्रभाव र आगामी रणनीतिबारे राजधानी दैनिकका पूजा चँदाराले गरेको कुराकानीको सम्पादित अंश :

वाणिज्य बैंकहरूको बलियो उपस्थिति भएको बजारमा हिमालयन बैंक कुन अवस्थामा छ ?


हाम्रो बैंक गत वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशतले नाफा बढाएको छ । तर, हामीले निक्षेप र कर्जा को अनुपात लक्ष्य निर्धारण गरेअनुसार भेट्टाउन सकेका छैनौं । तरलताको समस्या अहिले पनि छ, यसको कारण बजारमा बचत गर्ने ग्रहाक नबढ्नु हो । यसको मतलब हामीले निक्षेप संकलन गर्न सकेका छैनौं भन्ने होइन । निक्षेप संकलनमा पनि हामी अब्बल नै छांै । अरू बैंकको तुलनामा हाम्रो बैंकको निक्षेप संकलन ४० प्रातिशतभन्दा बढी छ । चल्ती र बचत खाता अहिले हामीसँग ६० प्रतिशतभन्दा बढी छ । समग्रमा हाम्रो वित्तीय अवस्था सबल छ ।

बैंकिङ क्षेत्रमा निक्षेप संकलन र कर्जा लगानी निकै प्रतिस्पर्धी छ, तपार्इंको मा छ कि छैन ? यसबीचको यो खाडल पुर्ने दीर्घकालीन उपाय के हुन सक्छ ?


निक्षेप संकलन र कर्जा लगानीको प्रतिस्पर्धा अहिले रोकिएको छ । बैंकहरूले अहिले ब्याज दरमा भद्र सहमति गरेका छन् । कुनै पनि बैंकले तोकिएको दरभन्दा तलमाथि रहेर कर्जा लगानी अथवा निक्षेप संकलन गर्न पाउने अवस्था छैन । ९.५ र ९.७५ प्रतिशत व्यक्तिगत ग्राहकका लागि डेडलाइन तोकिएको छ । केही बैंकहरूको बचतमा ६ प्रतिशतसम्म ब्याजदर छ र केहीले ३–४ प्रतिशतसम्म पनि दिएका छन् । हामी पनि अहिले लोयर रेटमै छांै । कर्जाको हकमा पनि डेडलाइन नै तोकिएको छ । निक्षेप र कर्जाबीचको खाडल पुर्न बैंकहरूलाई पूर्ण प्रतिस्पर्धामा जान दिनुपर्छ । बैंकहरू आफ्नो योजनाका साथ अघि बढ्ने हो भने निक्षेप र कर्जाबीच सन्तुलन कायम गर्न सकिन्छ । अहिले बैंकबीच भएको भद्र सहमति हटाउनुपर्छ भन्ने मेरो मान्यता हो । भद्र सहमति तोड्ने हो कि भनेर हामीले राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग छलफल गर्दा अहिले नतोड्ने भन्ने सहमति भएको छ । अर्को सरकारले ‘एक नेपाली, एक बैंक खाता’ भन्ने योजना लिएको छ । यस्तो योजनाले पनि निक्षेप संकलन र कर्जा लगानीमा केही हदसम्म सन्तुलनमा ल्याउन सक्छ ।

बैंकहरूको चुक्ता पुँजी बढेको छ । बढेको पुँजीअनुसार व्यवसाय विस्तार गर्ने चुनौती कतिको छ ?

पछिल्लो समय राष्ट्र बैंक पर्याप्त र दीर्घकालीन पुँजी हुनुपर्ने भनिरहेको छ । जसका लागि जम्मा पुँजीको २५ प्रतिशत ऋणपत्र पनि जारी गरिसकेका छांै । तर, धेरै पुँजी भएर पनि काम लाग्दैन त्यसकारण हामीले यसमा पनि बैंकबीच छलफल भइरहेको छ । सन्तुलन कायम गर्नेगरी पुँजी वृद्धि हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अबका दिनमा बैंकहरूलाई आप्mनो व्यवसाय विस्तार गर्न गाह्रो पर्ने देखिन्छ । किनभन्दा कर्जाको माग बढाउन सकिरहेको अवस्था छैन । यसको साइकलिङ इफेक्ट हाम्रो अर्थतन्त्रमा नै पर्ने देखिन्छ । जसका कारण व्यापार व्यवसाय कम हुने, आयात घट्ने अन्य कारोबारमा गिरावट आउनेजस्ता इफेक्टहरू देखा पर्छन् । यसको प्रभाव फेरि बैंकिङ सेक्टरमै पर्ने हुन्छ ।

बैंकका भावी योजना के हो ? वित्तीय अवस्था कस्तो छ र बैंकिङ पहुँच र शाखा सञ्जाल कति छन् ?

....

Read More
  • MBL - below news
  • EBL Ad news