राष्ट्र बैंकले खोज्न थाल्यो राहत दिने विधि


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले खोज्न थाल्यो राहत दिने विधि

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि यसको असरबाट प्रभावित भएका उद्योगी व्यापारीलाई सहयोग गर्न सहुलियत विधि खोज्न थालेको छ । राष्ट्र बैंकले कोरोना भइरस प्रभावित उद्योगी व्यापारीलाई राहत दिने विधि खोज्न शुरु गरेको हो । 

कोरोनाका कारण खासगरी ठूलो व्यापारिक समूह जोखिममा पर्ने देखिएपछि राष्ट्र बैंकले उनीहरूलाई राहत दिने विधि खोज्न शुरु गरेको राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले बताए । ‘यस विषयमा हामी अध्ययन गर्छौ,’ उनले भने ‘ त्यसपछिमात्रै के कति सहुलियत दिन सकिने भन्न सकिन्छ ।’ यस विषयमा विश्व बजारमा भएका अभ्यासलाई समेत हेर्ने उनले बताए । 

कोरोना कारण उद्यम व्यवसायमा पारेको असरको अध्ययन गर्ने विषयमा आज शुक्रबार राष्ट्र बैंकमा छलफल भएको नेपाल बैंकर्स संघका अध्यक्ष भुुवन दाहालले बताए । ‘खासगरी व्यापारिक समूहबाट सहुलियतको माग आएको छ,’ उनले भने ‘ असरका वारेमा क्षेत्रगत अध्ययन गर्नेछौं ।’ कोरोनाका कारण पर्यटन व्यवसाय थला परेको छ भने यसको असर अन्य उद्योग व्यापार पनि देखापरिसकेको छ । पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको छैन । व्यापारिक कम्पेक्शहरू रित्ता छन् । 

Read More
  • EBL Ad news