नेपाल बंगलादेश बैंकले बुधबार इमाडोल ललितपुरस्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई पचास हजार आर्थिक सहयोग गरेको छ।
विद्यालयलाई आवश्यक परेको डिजिटल स्क्रोलिङ सूचना बोर्ड जुटाउनका लागि बैंकले सो रकम उपलब्ध गराइएको हो।
यो सहयोगले विद्यालयमा महत्वपूर्ण सूचना प्रदान गर्नको लागि सहज हुने विद्यालयका प्रधान अध्यापक एक बहादुर भण्डारीले जानकारी दिए।







