सनराइज बैंक र जिएमइ रेमिट्यान्सबीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंक र जिएमइ रेमिट्यान्सबीच सम्झौता

सनराइज बैंक र जिएमइ रेमिट्यान्सबीच रेमिटयान्स सुविधा प्रदान गर्नेबारे सम्झौता भएको छ।

सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जिएमइ रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुत्तरुपमा हस्ताक्षर गरे।

उक्त सम्झौताअनुसार सनराइन बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सनराइज रेमिट मार्पmत पठाएको रकम जिएमइ रेमिट्यान्सका नेपाल अधिराज्यभर रहेका ८ हजार भन्दा बढी एजेन्टबाट छिटो पाउन सकिन्छ।

सबै ग्राहकले सनराइज रेमिट मार्पmत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउनसक्ने बताइएको छ।
हाल सन्राइज बैंकले १३० वटा शाखा,४८ वटा शाखारहित बैंकिङ सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ।

Read More
  • MBL - below news