तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्सेमा सूचीकृत तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (फागुन २९ गते) बिहीबार अन्तिम दिन हो।

सेञ्चुरी कमर्सियल बैंक र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ३० गतेदेखि बुकक्लोज गर्नेछन् भने अपि पावरले चैत १ गते बुकक्लोज गर्नेछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सेञ्चुरीले २ प्रतिशत बोनस र सोमा लाग्ने कर सहित ४.७५ प्रतिशत गरी कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित चैत १४ गते साधारण सभा डाकेको छ। बैंकको सो सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे शुरु हुनेछ। बैंकको शेयर फागुन २८ गते बुधबार १८५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

त्यसैगरी, वोमी माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित चैत १६ गते आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा धुलिखेलस्थित जुगल होटलको सभाहलमा बिहान ११ बजे शुरु हुनेछ। लघुवित्तको शेयर फागुन २८ गते बुधबार एक हजार ८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

...

Read More
  • MBL - below news