काठमाडौं । सानोमा इच्छा डाक्टर बन्ने थियो । प्रवेशिका परीक्षा उतिर्ण गरे पनि बाल वयको सपना पूरा गर्न पाटन संयुक्त क्याम्पसमा विज्ञान विषयमा भर्नाको प्रक्रिया पनि अगाडि बढाए । तर जसलाई क्याम्पस भर्ना गरिदिन भनेका थिए, उनले गरिदिएनन् । सात दिन बायोलोजी पढे पनि डाक्टर बन्ने सपनाको त्यस वर्ष पूर्णविराम लाग्यो ।
“सपनाको खुड्किलो उक्लिने आधार नबनेपछि कमर्स पढ्न म पिपल्स क्याम्पस हान्निएँ । नियतिले नै पर हुत्यादिएजस्तो लाग्यो । अब मेरा लागि अर्को एउटा सपना थियो जुन विपनामै साकार भएर आएको रहेछ । शङ्करदेवबाट विकम (वाणिज्यशास्त्रमा स्नातक) उत्तीर्ण गरेपछि गाउँकै सेवामा फर्किएँ ।”
नेपाल बैंकको प्रधान कार्यालय भूगोलपार्कको चौथो तलामा रासससँग आफ्नो जीवन, अध्ययन तथा ‘करियर’का बारेमा खुलेर प्रस्तुत भए, कृष्ण अधिकारी । कुनै समय पार नै लगाउन नसकिने गरी अनगिन्ती समस्यामा जेलिएको नेपाल बैंक कसरी चक्रव्यूहबाट बाहिर निस्क्यो र अहिले अरू वाणिज्य बैंकजस्तै सफल बैंकका रुपमा स्थापित हुँदै गएको छ भन्ने कुरोको चुरो हामीलाई खोल्नुभयो । एमबिए उत्तीर्ण अधिकारीले १५ वर्ष पुग्यो नेपाल बैंकका सेवा गरेको ।
डाक्टर बन्न काठमाडौँको खाल्डोमा पस्नुभएका अधिकारीलाई बैंकर बनाउने अवसर लिएर आयो २०६१ साल । बैंकमा रोजगारीको अवसर खुलेको रहेछ । छैटौँ तहमा । परीक्षा दिऊँ, मान्छेहरुले त नेपाल बैंकमा भनसुन पनि चल्छ भन्थे, तर मेरो हकमा भनिदिने त कोही थिएन तर ढुङ्गाको काप फोरेर पीपल उम्रिएझैँ उहाँ उत्तीर्ण हुनुभयो । बैंक प्रवेशको समय सम्झँदै अधिकारीले भन्नुभयो, “बैंकको काठमाडौँ बैंकिङ कार्यालयमा म छैटौँ तहमा प्रवेश गरेँ । त्यहाँ टे«ड फाइनान्स डिपार्टमेन्टमा म ग्यारेन्टी हेर्थें ।”
करिब ६ वर्ष सोही विभागका काम गर्नुभयो अधिकारीले । आन्तरिक प्रतिस्पर्धाबाट सातौँ तहमा पुग्न पनि कुनै समस्या भएन तर सातौँ र नवौँ तहको परीक्षा करिब सँगसँगै भएकाले अधिकारीले छैटौँ तहबाट एकैपटक जसो नवौँ तहमा पुग्नुभयो ।
....
किन नेपाल बैंक ...
पैँतीस सालतिरकै ऋण उठाउन बाँकी छ ...
यस्तो छ पछिल्लो ६ महिनाको विवरण ...









