प्राइम लाइफको लाभांश घोषणा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्राइम लाइफको लाभांश घोषणा

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले गत आर्थिक वर्ष २०७४/७५ को कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

इन्स्योरेन्सको फागुन २३ गते शुक्रबार बसेको सञ्चालक समितिको १३२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ सम्मको मुनाफाबाट सोही आवको लागि शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअनुसार इन्स्योरेन्सले २५ करोड ९ लाख ९२ हजार ४२२ रुपैयाँ बराबरको बोनस शेयर र १ करोड ३२ लाख १० हजार १२८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।

Read More
  • MBL